दफा २५
अनधिकृत व्यक्तिले कानून व्यवसाय गर्न नहुने
(१) कानुन व्यवसायीमा नदरिई कसैले पनि कुनै मुद्दामा मुद्दाको कुनै पक्षको तर्फबाट अड्डा, अदालतमा उपस्थित हुन, पैरवी गर्न तथा बहस गर्न हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तपनि कुनै विदेशी मुलुकबाट कानून व्यवसायी प्रमाणपत्र प्राप्त गरेको कानून व्यवसायीले सम्वन्धित अदालतबाट अनुमति लिई कुनै खास मुद्दाको सम्वन्धमा कुनै पक्षको तर्फबाट अदालतमा उपस्थित भै बहस गर्न सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी वकील, मुद्दाको पक्ष वा ऐन बमोजिम कानून व्यवसाय गर्न पाउनेहरुको संख्या दशजना भन्दा कम भएको जिल्लामा अरु कसैले मुद्दाको कुनै पक्षको तर्फबाट अड्डा अदालतमा उपस्थित हुन, पैरवी गर्न तथा बहस गर्न बाधा पर्ने छैन ।
(४) उपदफा (१) को विपरीत कसैले कुनै काम गरेमा दुई हजार रुपैयाँसम्म जरिवाना वा ६ महीनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।